काठमाडौंमा यस्तो भयो ‘पाल्पा महोत्सव’ [तस्वीरहरु]

वैशाख ९, काठमाडौं । शनिवार संघीय राजधानी काठमाडौैंमा ‘पाल्पा महोत्सव २०८०’ भव्यरुपमा सम्पन्न भएको छ ।

पाल्पाली संगम काठमाडौंले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा महोत्सव आयोजना गरेको थियो ।

पाल्पाली कला, संस्कृति, खाना, उत्पादन, पहिचान र पर्यटन प्रबद्र्धन तथा ऐतिहासिक, पुरातात्विक र धार्मीक क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्यका साथ गरिएको महोत्सवमा मानिसहरुको उत्साहजनक सहभागीता देखियो ।

महोत्सवमा पाल्पाबाट काठमाडौं पुगेर बसोबास गरिरहेका विभिन्न पेशा एवं व्यवसायमा संलग्न पाल्पालीहरु उल्लेख्य रुपमा सहभागी रहे भने अन्य वाहिरी जिल्लाका मानिसहरुले समेत विशेष रुचिका साथ महोत्सव अवलोकन गरेका थिए ।

पाल्पाली कलाकारहरुको सांगीतिक प्रस्तुतिले महोत्सव संगीतमय बनेको थियो ।

महोत्सवले पाल्पाली कला, सँस्कृति, पुरातत्व, खाना तथा उत्पादनहरुको प्रवद्र्धनमा टेवा पुगेको विश्वास आयोजकले लिएको छ ।

तस्वीरहरु : मनिष अर्याल

तपाईको प्रतिक्रिया