जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाले तानसेनका विभिन्न स्थानमा जेब्रा क्रसिङ बनाएको छ ।
शुक्रवार तानसेन नगरपालिका वडा नं. ६, २ र ५ मा पर्ने सडकमा ट्राफिक प्रहरीले जेब्रा क्रसिङ बनाएको हो ।
यसले पैदल यात्रुलाई बाटो काट्न सहज हुने विश्वास लिइएको छ ।
त्रिभुवन बहुमुखी क्याम्पस स्ववियूको अनुरोध र सहयोगमा जेब्रा क्रसिङ बनाइएको पाल्पाका ट्राफिक प्रमुख दामोदर मल्लले जानकारी दिए ।






















