
तानसेन। तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवककाे शव फेला परेको छ । बुधबार तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइडस्थित तिनाउ खोलामा डुबेका रूपन्देहीको सिद्धार्थ नगरपालिका–८, भैरहवा गल्लामण्डिका १७ वर्षीय शिशिर उपाध्यायकाे बिहीवार दिउँसाे शव फेला परेकाे हाे ।
बेपत्ता उपाध्यायकाे बुधवारदेखि नै प्रहरी, स्थानीय र आफन्तले खोजी गरेका थिए । खाेजी गर्ने क्रममा ड्यामसाइड क्षेत्रमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।