
पाल्पा । जिल्लाको रामपुरमा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ ।
मङ्गलबार बिहान साढे ७ बजेतिर घरनजिकैको रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर रामपुर–५, भम्बकका ३४ वर्षिय गोविन्द कुमालको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा नजिकै रहेको विजुलीको नाङ्गो तारमा घाँसको डाला अड्किएको र उक्त डाला निकाल्ने क्रममा कुमाललाई अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते उनलाई आफन्तले उपचारका लागि रामपुर अस्पताल ल्याएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।