राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा पुुनः दर्लामी

तानसेन।  राष्ट्रिय जनमोर्चा पाल्पाको अध्यक्षमा पुनः विशाल दर्लामी चयन भएका छन् । राष्ट्रिय जनमोर्चा नेपाल पाल्पाको पाँचौ जिल्ला सम्मेलनबाट दर्लामी पुनः अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

दर्लामीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा मान बहादुर बयम्बु, सचिवमा विरेन्द्र मिदुन, सह–सचिवमा नरमती सिंजाली र कोषाध्यक्षमा टिकाराम पौडेल चयन भएका हुन।

यस्तै सदस्यहरुमा पदम पौडेल, उमा सिंजाली, राम प्रसाद गैरे, कमल थापा, पहलसिंह सिंजाली, जग बहादुर क्षेत्री, पूर्ण बहादुर फाल र तिलक गाहा चयन भएको उक्त पाटीले जनाएको छ ।

यस्तै वैकल्पिक जिल्ला सदस्यहरुमा विष्णु प्रसाद ज्ञवाली माया विक, खुम आले र निरु सारु चयन भएका छन् ।

पुनः अध्यक्षमा सर्वसम्वत चयन भएपछि दर्लामीले देशमा बढ्दो भष्ट्राचार, अनियमिता, घुसखोरी, कमिसनतन्त्र विरुद्ध निरन्तर जनतासंगै  खबरदारीका कार्यक्रम गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया