रिडी खोलामा खसेर एक जनाको मृत्यु

तानसेन।  पाल्पामा एक जनाको खा्लामा खसेर मृत्यु भएको । रैनादेवी छहरामा वडा नं. १, बर्दिस्थित रिडी खोलामा हिड्ने मंगलबार एक पुरुषको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ५ मानकोटका ४० वर्षीय निर्मल कुमालको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाका अनुसार रिडी खोला किनारमा हिँडेका बेला ६ मिटर तल खोलामा खसेपछि कुमालको घटनास्थलमै मृत्यु भएको हो ।

घटना बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको