तीन महिना नदिजन्य पर्दाथ निकासीमा रोक, विपद्काे तयारी

तानसेन। पाल्पामा तीन महिना नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, तथा माटो निकासीमा रोक लगाइएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिले वर्षात्को समयमा विपद्का घटना बढाउने कार्य रोक्नका लागि नदीजन्य पदार्थ निकासीमा रोक लगाउने निर्णय गरेको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार बैठकले २०८० को असार, साउन र भदौँ महिनामा जिल्लाभरि नै ढुङ्गा, गिट्टी, बालुवा तथा माटोको उत्खनन् गर्न नपाउने निर्णय गर्दै निर्णय छ ।

निर्णय विपरित कार्य गरेमा कारबाही गरिने पनि प्रजिअ बास्तोलाले बताए । सो समयमा उत्खनन् रोक्न जिल्लाभर नै सुरक्षाकर्मी परिचालन गरिनेछ ।

जिल्लामा हुने विपद् सम्बन्धी घटना न्युनीकरण गर्न बनेको प्रतिकार्य योजना कार्यान्वयन गर्ने, वर्षातका बेला हुन सक्ने बाढी, पहिरो जस्ता घटनालाई न्युनीकरण गर्न आवश्यक तयारी, बाढी, पहिरोका कारण हुन सक्ने राजमार्ग अबरुद्ध, टेलिफोन, विद्युत् अबरोध तत्काल हटाउन आवश्यक तयारी गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै विपद्का घटनालाई कम गर्न स्थानीय तह, जिल्लास्थित सरकारी कार्यालय, सरोकारवाला निकायले आवश्यक तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया