रामपुरमा सामाजिक कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर

तानसेन। रामपुरमा सामाजिक कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको छ । सामाजिक कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको हो ।

रामपुर नगरपालिकाको आर्थिक सहयोग र वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा नामक संस्थाको आयोजनामा सामाजिक कुकुरहरुमा स्थायी बन्धयाकरण शिविर सञ्चालन भएको छ ।

 

दुई दिनसम्म चलेको शिविर बुधबार सकिएको छ । शिविरमा कुकुरको बन्ध्याकरण तथा रेविज भ्याक्सिनेसनको सेवा दिइएको थियो । सामाजिक कुकुरबाट पशु चौपायासँगै मानिसमा रेविज तथा अन्य प्राणघातक रोगको जोखिम बढ्न थालेपछि यस्तो शिविर सञ्चालन गरिएको जनाइएको छ । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका अध्यक्ष विपिन भण्डारीले बताए ।

नगर भित्र सामाजिक ककुर व्यवस्थापनको चुनौती बन्दै गएका बेला युवा संस्थाले देखाएको चासो र सक्रियता महत्वपूर्ण रहेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए ।

 

घरपालुवा जनावर भए पनि सामाजिक कुकुरको कारण नगरमा आतंक फैलिरहेको बताउँदै उनले कुकरबाट सर्न सक्ने क्यान्सरको जोखिम न्यूनिकरणको लागि शिविरले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । नगर प्रमुख थापाले भने, ‘ यस्ता कुकुरको संख्या वृद्धि हुँदै जाँदा कतिपय स्थानमा पशु चौपायासँगै मानिसलाई टोक्नुका साथै बालबालिकालाई लखेट्नेलगायतका घटना हुँदै आएको छ ।

 

कुकुरबाट रेविजसँगै क्यान्सर रोग सर्ने सम्भावना भएकाले यसको न्यूनिकरण र कुकुरको संरक्षणसँगै संख्या नियन्त्रण गर्न स्थायी बन्ध्याकरण विकल्प बनेको छ ।’

बन्ध्याकरण पश्चात कुकुरबाट रोग सर्न सक्ने सम्भावना न्यून हुनुका साथै कुकुर आक्रामक नहुने क्षेत्रीले बताए । रामपुर नगरपालिका पशु शाखा प्रमुख तुलसीराम काफ्लेले कुकुर आतंक नियन्त्रणको विकल्पमा शिविर सञ्चालन गरिएको बताए ।

 

शिविरमा ५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको छ । संस्थाका अध्यक्ष विपिन भण्डारीको अध्यक्षता, पशु प्राविधिक कमल आचार्यको स्वागत, नगरपालिका पशुशाखा प्रमुख तुलसीराम काफ्लेको सञ्चालनमा शिविर भएको थियो ।

तपाईको प्रतिक्रिया