
तानसेन। पाल्पामा एक वर्षको अवधिमा खोला तथा नदीमा डुबेर २३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार चालु आर्थिक वर्षको हालसम्म २३ जनाको खोला तथा कालीगण्डकी नदीमा डुबेर मृत्यु भएको हो । जसमा गर्मी बढेपछि मात्र १६ जनाको डुबेर मृत्यु भएको प्रहरीले जाएको छ ।
डुबेर मृत्यु हुनेमा स्थानीयसंगै घुम्न आउने आन्तरिक तथा बाह्य ९भारतीय० पर्यटकसमेत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
डुबेर मृत्यु हुनेमा कालीगण्डकी क्षेत्र तिनाउ गाउँपालिका ३, तिनाउखोला ड्याम साइड, भूतखोलास्थित पानी पोखरीमा पौडी खेल्ने, फोटो खिच्ने क्रम पनि केहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गर्मी बढेसँगै तिनाउ खोलामा रुपन्देही र तराईका विभिन्न जिल्लाबाट पौडी खेल्न, घुम्न आउने क्रम बढेको छ । यसबीचमा पनि केहीको मृत्यु भएको प्रहरीले जनाएको छ।