तानसेन। तानसेन नगरपालिकाले उपभोक्ताहरुबाट तानसेन खानेपानी उपभोक्ता समितिको तदर्थ समिति गठन गरेको छ । केही दिनअघि भएको उपभोक्ताहरूको भेलाबाट निर्णय भएअनुसार तदर्थ समिति गठन गरेको नगरपालिकाले जनाएको छ ।
उपभोक्ताहरूको भेलाबाट भएको निर्णय अनुसार नगरकार्यपालिकाको बैठकले तानसेन ७ का मोहनप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताए ।
समितिको सदस्यहरूमा राधेश्याम ज्ञवाली, लालमने पुन, सन्तोषकुमार नेपाल, दिलकुमारी शर्मा, दुर्गादेवी भट्टराई र महेन्द्रबहादुर खाती रहेका छन् ।
तदर्थ समितिलाई खानेपानी उपभोक्ता समितिको विधान नियमित बनाउने, नयाँ उपभोक्ता समिति निर्वाचित गर्ने तथा हाल अव्यवस्थित रहेको खानेपानी व्यवस्थापनलाई नियमित बनाउने जिम्मेवारी तोकिएको प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।