संघीय व्यवस्था गलत होइन, शासन गर्नेहरु इमान्दार हुनुपर्छः सभामुख घर्ती

तानसेन।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले शासन प्रणालीलाई दोष दिएर कोही पनि उम्किन नहुने बताएका छन् ।उनले देश समृद्ध बनाउन राज्य संचालन गर्ने शासकहरुमा इमान्दारिता हुन जरुरी हुने बताए ।

मंगलबार पाल्पाको रिब्दीकोट गाउँपालिकाको १३ औं गाउँसभालाई सम्बोधन गर्दे सभामुख घर्तीले संघीय शासान प्रणालीमा जनप्रतिनिधिको संख्या धेरै देखिदा उनिहरुको सेवा सुविधा महंगो देखिए पनि उनिहरुले नागरिकका गाउँबस्तीमा पुगेर गरेका कार्यले नै संघीयताको मर्म पुरा गर्ने बताए।

जनताको श्रममा राज्य संचालककले विश्वास गर्नुपर्ने सभामुख घर्तीले बताए। उनले भने, “कुन प्रणाली चलाउदा देश कंगाल हुन्छ? कुन प्रणालीले देश समृद्ध हुन्छ भन्ने शासान प्रणालीको कुरा मुख्य हुन्न्, त्यो देशका शासकहरु इमान्दार हुनुपर्छ । संघीय शासन प्रणालीमा प्रदेशका ५५० जना सासंदको तलब र भत्ता हेर्नुभो भने महंगो हुन्छ । तर तिनीहरुले बस्ती बस्तीमा पुगेर गरेका कामलाई मुल्यांकन गर्दा त्यसको उपलब्धी धेरै हुन्छ ।” सभामुख घर्तीले बताए ।

संविधान अनुसार तीनै तहको राज्य संचालन भएको र कोही कसैले विरोध गरेर व्यवस्था परिवर्तन नहुने उनले दाबी गरे । अहिलेको व्यवस्थामा बजेट निर्माण र नागगरिकका आवश्यकता छनोटमा तीनै तहको सहरकारको गर्दा नै सहयोग मिलेको सभामुख घर्तीले बताए ।

संघीयताकै कारण नागरिकको तल्लो तहसम्म सरकार पुगेको हुँदा केही कमी कमजोरी देखिएमा संसोधन गरेर अघि बढ्न सकिने तर व्यवस्था नै खराब हो भनेर बोल्नु गलत रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया