
तानसेन। पाल्पाको तानसेन नगरपालिका–११ बाझाका नौं महिने बालकमा स्पाइनल मस्क्युलर अर्थोफी (नशा सुक्दै जाने) रोग देखिए पनि उपचारमा आर्थिक अभाव देखिएको छ । पाल्पा घर भई हाल रुपन्देहीको नयाँमिलमा बस्दै आएका आमा सिर्जना भट्टराई (बिस्ट) र बुवा महेन्द्र बिष्टका नौ महिने छोरा सिर्जम बिष्टको उपचारमा रकम अभाव देखिएको हो ।
उपचारका लागि निकै ठूलो रकम आवश्यक पर्ने हुँदा परिवारले सहयोगको अपिल गरेका हुन् । संसारमै दुर्लभ मानिने यो रोग लागेपछि उपचारका लागि नेपालमा सम्भव नभएको र अमेरिकामा मात्रै यसको उपचार हुने हुँदा उपचार निकै महँगो हुने बाललका परिवारले बताएका छन् ।
अमेरिकामा बनेको एक खोपका लागि दुई दशमलव एक मिलियन डलर अर्थात करिब २६ करोड नेपाली रकम लाग्ने हुँदा उपचारमा सहयोगका लागि अपिल गर्नुपरेको बालककी आमा सिर्जना विष्टले बताइन् ।
यो रोग लागे पछि मांसपेशीहरू कमजोरी हुने, अशक्तता हुने, मेरूदण्डको स्कोसिसमा समस्या देखिने तथा फोक्सोको कार्यमा अवरोध भई स्वासप्रस्वासमा समस्या हुने बताएका छन् । बिरामी बाललको १८ महिनाभित्र उपचार गरेमा मात्रै निको हुने सम्भावना रहेको हुदाँ आर्थिक जोहो गर्न निकै मुस्किल परेको बालककी आमा सर्जिनाले गुनासो गरिन ।
सामान्य व्यवसाय गरी जीविकोपार्जन गर्दै आएका बिष्ट परिवारले छोराको उपचारमा हालसम्म सात लाख रकम खर्च भएको बताएका छन् । डाक्टरको भनाइअनुसार बच्चालाई १८ महिना भित्र जोजेन्सामा नामको खोप लगाउनुपर्ने हुँदा आर्थिक सहयोगका लागि अपिल गरेको उनीहरुले बताएका छन् ।
सहयागे गर्न चाहने व्यक्ती वा संस्थाले निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
बिरामी बच्चाको आमा सिर्जना बिष्ट 98849907505
बुवा महेन्द्र बिष्ट 9847101478
