लुम्बिनीका पूर्व स्वास्थ्य मन्त्री सारुले पदमुक्त हुँदै गर्दा के लेखे ?

तानसेन। लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री खेम बहादुर सारुले आफ्नो कार्यकाल पूरा गरी मन्त्रालयबाट बिदा भएका छन्। मन्त्रीको जिम्मेवारीबाट बिदा हुँदै गर्दा उनीले सामाजिक  सञ्जालमार्फत धन्यवाद ज्ञापन  गरी आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेका हुन्।

आफ्नो कार्यकालमा स्वास्थ्य सेवाको समतामूलक पहुँच विस्तार, सेवाको गुणस्तर सुधार र जनस्वास्थ्यका विविध चुनौतीहरूको सामना गर्न इमानदारीपूर्वक प्रयास गरेको उनीले उल्लेख गरेका छन्। यी प्रयासहरूमा प्राप्त उपलब्धिहरू सामूहिक मेहनत, सहकार्य र समर्पणको परिणाम भएको पूर्व मन्त्री सारुको भनाइ छ।

आफूलाई यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने अवसर प्रदान गरेकोमा उनीले माननीय मुख्यमन्त्री, प्रदेश सभा सदस्यहरू, पार्टीका केन्द्रीय तथा प्रदेश कमिटी अध्यक्षहरू, अग्रज नेताहरू र सहकर्मीहरूप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन्। साथै, अहोरात्र खटिने स्वास्थ्य क्षेत्रका सम्पूर्ण जनशक्ति तथा आम नागरिकप्रति पनि उनीले कृतज्ञता प्रकट गरेका छन्।

आफ्नो कार्यकालमा रचनात्मक सुझाव, सहयोग र आलोचना गर्ने सबैलाई धन्यवाद दिँदै उनीले कार्यकालका क्रममा केही कामहरू अधुरा रहेका हुन सक्ने भए पनि स्वास्थ्य क्षेत्रको सुधार र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने अभियान निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गरेका छन्।

मन्त्री पदमा नरहे पनि राष्ट्र र जनताको सेवामा आफ्नो प्रतिबद्धता र सक्रियता यथावत् रहने बताउँदै पूर्व मन्त्री सारुले आगामी दिनमा पनि समृद्ध नेपाल निर्माण र स्वास्थ्य क्षेत्रको विकासमा सक्दो योगदान पुर्‍याउने संकल्प दोहोर्‍याएका छन्। उनीले सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना समेत गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको