रिब्दीकोटमा तेस्रो अध्यक्ष कप भलिबल र क्रीकेट प्रतियोगिता सुरु

तानसेन। रिब्दीकोट गाउँपालिकामा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित तेस्रो अध्यक्षकप भलिबल तथा क्रीकेट प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिको आयोजनामा वडा नं. ३ माल्मुलस्थित रानीकुवाँ खेलमैदानमा महिला तथा पुरुष भलिबल र पुरुष क्रीकेट प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पालिकाको खेलकुल विकासमा लािग खेलको माध्यमबाट युवा शारीरिक, मासिक तथा आर्थिक रुपमा सक्षम बनाउन पालिकाले लगानी गर्दै आएको बताए।

अध्यक्ष कार्कीले आफूहरु निर्वाचित भएदेखि नै खेल मैदानहरुको स्तरउन्नति र नयाँ खेल मैदान निर्माण तथा विभिन्न प्रतियोगिता आयोजना गरेर युवालाई खेतप्रति आर्कषण गर्ने कार्य गर्दै आएको बताए। उनले खेलकुद समिति गठन गरेर तथा विद्यालयस्तरमा खेल शिक्षक राखेर पनि खेलकुद क्षेत्रमा प्राथमिकताका दिएको बताए।

उपाध्यक्ष कान्ता अधिकारीले विगतका वर्षदेखि नै खेलकुदका कार्यक्रम संचानल हुँदै आएको र पालिकाका खेलाडीहरु जिल्ला, प्रदेश र केन्द्रीय स्तरका खेलाडी बन्नका लागि सुरुवात भएको बताइन् । उनले पालिकाले पुरुष मात्र नभएर महिलाहरुलाई पनि खेलमा सहभागी बनाएर खेलप्रति सबैको सहभागितामा पालिका लागि परेको बताइन् ।

कार्यक्रममा नेकपा एमालेका विष्णु प्रसाद खनाल र  नेकपा माओवादी केन्द्रका हरीबहादुर कुवंरले पालिकाले गरेको खेलको लगानीको सही तरिकाले सदुपयोग हुनुपर्ने बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले खेलका लागि पालिकाले जति महत्व दिएको छ सोही अनुरुप खेलाडीले आफ्नो प्रतिभा देखाउन आग्रह गरे। उनले खेलमा सबैको जीत सम्भव नभएको बताउँदै कि जितिन्छ, कि सिकिन्छ भन्ने भावनाका साथ सहभागी हुन खेलाडीलाई आग्रह गरे।

वडा नं. ३ का वडाध्यक्ष नारायण बहादर केसीले खेल मैदानको स्तरउन्नति गरेर पालिकास्तरको खेल संचालन गरिएको रानीकुवा खेल मैदानमा आगामी दिनहरुमा थप व्यवस्थापन गरेर अघि बढ्ने बताए । उनले खेलको क्षेत्रबाट सम्रग पालिकाको विकासका लागि सबै लाग्नुपर्ने बताए ।

दुई दिनसम्म चल्ने खेलमा पुरुष भलिबलतर्फ ८ टीम र महिला भलिबलतर्फ ५ टीम सहभागी छन् । यस्तै क्रीकेटका लागि पालिका भित्रका सात टीम सहभागी रहेको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष झविन्द्र पचभैंया(दिपक)ले जानकारी दिए ।

खेलमा पुरुषतर्फ प्रथम हुने समूहले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने समूहले १० हजार नगदसहित मेडलर प्रमाणपत्र पाउनेछन् । यस्तै महिला भलिबलतर्फ प्रथम, दोस्रोर तेस्रो हुने समूहले क्रमशः दश हजार, ७ हजार र पाँच हजार नगदसहित मेडल र प्रमाणपत्र पाउनेछन् । क्रीकेटतर्फ पहिलो हुने टीमले भने मेडल र प्रमाणपत्र प्रदान गरिने युवा तथा खेलुकद विकास समितकिा सदस्य सुशिला गोदारले जानकारी दिइन् । खेल मंगलबारसम्म चल्नेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको