धुन्दुकारी केपी ओलीले बाम एकता टिक्न दिएनन्ः प्रकाश ज्वाला

पाल्पा । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता प्रकाश ज्वालाले धुन्दुकारी केपी ओलीले बाम एकता टिक्न नदिएको आरोप लगाएका छन्। उनले देशकै ठूलो कम्युनिस्ट पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री भएका बेला ओलीले झण्डै दुई तिहाइको संसद विघटन गर्ने कुचेष्टा गरेका कारण नेपालका वामपन्थीहरु टुक्रा टुक्रा भएको दावी गरे ।

मंगलबार नेपाली कम्युनिस्ट पार्टी पाल्पाले तानसेनमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता ज्वालाले देशको ऐतिहासिक र सामरिक महत्वसंगै देशको आवश्यकतालाई मध्येनजर गरेर अहिलेको कम्युनिस्ट एकता गरिएको बताए । उनले नेपालको समग्र विकासका लागि नेकपा माअ‍ोवादी केन्द्र र एकीकृत समाजवादीसहित १६ वटा बाम घटकहरु एकै स्थानमा उभिएर सिंगो कम्युनिस्ट पार्टी निर्माण भएको बताए ।

केपी ओलीको दम्ब र काँग्रेस एमालेको संयुक्त सरकारमा हुँदा मौलाएको बेथिती, भ्राष्ट्राचार , कुशासनको अन्त्यका लागि भएको जेन्जी पुस्ताको माग सम्बोधन गर्ने र जनताको जिविकासंग जोडिएका विषयमा प्रचण्ड नेतृत्वको सरकारले पहिलेदेखि नै काम गर्दै आएको दावी गरे ।

उनले नेपालका वामपनथीहरु कम्युनिस्टहरु कमजोर हुँदा राष्ट्रघाटीहरूले टाउको उठाउने र राष्ट्रको स्वाधीनता संकटमा पर्ने दावी हुने इतिहासलाई बुझेर नै अहिलेको एकता गरिएको बताए । नेता ज्वालाले नागरिकमा उत्साह जागेको दावी गर्दे उनले भने यो, देश र जनताको आवश्यकता पूरा गर्नका लागि अहिलेको एकताले योगदान पुर्याउने बताए । बामपन्थीहरु टुक्रिदा प्रतिगामी तत्वहरुले टाउको उठाउछन्, जसबाट लोकतन्त्र कमजोर हुन्छ, कम्युनिस्टहरु विभाजित हुँदा जनजीविकाको आन्दोलन कमोजोर हुन्छ, कम्युनिस्ट पार्टीहरुले सहकार्य र एकता गर्दा मात्रै बाम आन्दोलनले सार्थकता पाउछ र जनताको पार्टी बन्न सक्छ।

नेता ज्वालले थपे, विगतमा कम्युनिस्ट एकताका प्रयास भएपनि केपी ओलीको दम्बका कारण कम्युनिस्ट पार्टीहरु विभाजित हुनुपर्यो। सरकारमा हुँदा बालुबारटारबाट हेलिकप्टर चडेर भाग्नुपर्ने अवस्था आउदा समेत ओलीको दम्ब नहटेको उनले बताए । उनले भने ओलीको दम्ब अन्त्यका लागि नेकपा एमालेको आगामी महाधिवेशले निर्णयक हुने र केपी ओली बिनाको एमाले बनेमा देशभरका कम्युनिस्ट एकै ठाउँमा गोलबन्द हुन बाटो खुल्ने उल्लेख गरे । सन्देश सभामा नेकपाका केन्द्रीय नेता सोमप्रसाद पाण्डे, नेता नेत्रप्रसाद पाण्डे,पुरन केसी, राजेन्द्रलक्ष्मी गैरे र संविधानसभा सदस्य लिला सोमैलगायतले जेनजी आन्दोलन र अहिलेको आवश्यकता पूरा गर्ने कार्य नेपाली कम्युनिस्ट पार्टीबाट मात्रै सम्भव हुने बताए ।

जेन्जी विद्यार्थी मिलन घर्तीमगरले नागरिकको जनजीविका र अहिलेको आवश्यकताअनुसार अबको निर्वाचनबाट युवा पुस्ताहरु राजनीतिक नेतृत्वमा उदय हुने बातावरणहरु पार्टीहरुले सिर्जना गर्नुपर्ने बताए । एकता सन्देश सभामा जिल्लाका दश स्थानीय तहबाट झाकी र्याली र पञ्चेबाजासहित नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।कार्यक्रम नेकपा पाल्पाका नेता अशोक कुमार शाहीको अध्यक्षता र राजेन्द्र विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया