६५ करोडको ओपनिङ गर्दै ‘जवान’ले राख्यो भारतमा कीर्तिमान
काठमाडौं। एट्ली निर्देशित ‘जवान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान रचेको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शका अनुसार शाहरुख खान स्टारर फिल्मले बिहीबार भारतीय बक्स अफिसमा ६५.५० करोड भारु नेट कमाएको हो ।
यो कमाइ शाहरुखको अघिल्लो फिल्म ‘पठान’को भन्दा १९.०९ प्रतिशतले उच्च रहेको जनाइएको छ । ‘पठान’ले ५५ करोड भारुको ओपनिङ गरेको थियो । ‘केजीएफ २’को हिन्दी संस्करणले ५३.९५ करोड भारु, ‘वार’ले ५१.६० करोड भारु, ‘ठग्स अफ हिन्दुस्तान’ले ५०.७५ करोड भारुको ओपनिङ गरेका थिए ।...










