‘पाल्पा महोत्सव’मा ज्योति मगर नआउने

‘पाल्पा महोत्सव’मा ज्योति मगर नआउने
पाल्पा । तानसेनमा जारी ‘पाल्पा महोत्सव’मा गायिका ज्योति मगरको प्रस्तुति नहुने भएको छ । शुक्रवार (आज) प्रस्तुति हुने हिसावले आयोजकले उनीसँग कुराकानी गरेको थियो । महोत्सवमा उनको प्रस्तुति हुने तय भएपछि आयोजकले सुरुवातमा सार्वजनिक गरेको पोष्टरमा पनि उनको तस्वीर राखेको थियो । यद्यपि, अन्तिम समयमा आएर ज्योतिको व्यस्तताका कारण महोत्सवमा सहभागी गराउन नसकिएको सांस्कृतिक संयोजक भीमबहादुर श्रेष्ठले जानकारी दिए । ‘उहाँको व्यस्तताले गर्दा सहभागी गराउन नसकेका हौं’ श्रेष्ठले नयाँध...

पाल्पा महोत्सव : शनिवार रामजी खाँण आउँदै, अरु कुन–कुन कलाकारको हुँदैछ प्रस्तुति ?

पाल्पा महोत्सव : शनिवार रामजी खाँण आउँदै, अरु कुन–कुन कलाकारको हुँदैछ प्रस्तुति ?
तानसेन । पाल्पामा जारी ‘पाल्पा महोत्सव’मा शनिवार दर्शकको मुख्य आकर्षणका रुपमा गायक रामजी खाँण हुने भएका छन् । महोत्सवको दशौं दिनको मुख्य आकर्षणका रुपमा रामजीले दर्शकलाई नचाउने भएका हुन् । सदरमुकाम तानसेनमा जारी महोत्सवमा यी चर्चित गायकले आफ्ना नयाँ पुराना हिट गीतहरु प्रस्तुत गर्नेछन् । शनिवार नै रामजीसँगै चर्चित गायक अर्जुन कौशल पनि दर्शकको आकर्षणको रुपमा रहनेछन् । अर्जुनका गीतमा पनि शनिवार दर्शक झुम्नेछन् । त्यस्तै, शनिवार चर्चित गायिका जमुना राना, गायक श्रीकृष्ण...

पाल्पा महोत्सव : शुक्रवार खुमन, ईन्द्रदेखि शिलुसम्मको प्रस्तुति

पाल्पा महोत्सव : शुक्रवार खुमन, ईन्द्रदेखि शिलुसम्मको प्रस्तुति
पाल्पा । तानसेनमा जारी ‘पाल्पा महोत्सव’मा भोलि (शुक्रवार) चर्चित गायक खुमन अधिकारी, ईन्द्र जिसीदेखि गायिका शिलु भट्टराईसम्मका कलाकार दर्शकको आकर्षणको केन्द्रमा रहनेछन् । त्यस्तै, गायक हुम गैरे र गायिका लक्ष्मी नेपालीको सांगीतिक प्रस्तुति समेत भोलि दर्शकहरुले हेर्न पाउनेछन् । कलाकार किरण चित्रकार र सुमित कुमार घिमिरेको हास्य व्यङग्य प्रस्तुति पनि भोलि दर्शकका लागि विशेष हुनेछ । भोलिको कार्यक्रमलाई चर्चित गायिका एवं उद्घोषिका मञ्जु पौडेलले संचालन गर्नेछिन् । सार्वजनिक ...

पाल्पा महोत्सवमा नचाए पशुपति शर्माले

पाल्पा महोत्सवमा नचाए पशुपति शर्माले
तानसेन । जारी ‘पाल्पा महोत्सव’मा बिहीवार चर्चित गायक पशुपति शर्माले दर्शकलाई नचाए । बुधवारका लागि तानसेन आएपनि वर्षाका कारण बिहीवार मात्रै प्रस्तुति दिएका पशुपतिका अधिकांश गीतमा दर्शकहरु मज्जाले नाचे । ‘मलाई अमेरिका यही’, ‘क्यार्न माया मारिछौ’, ‘सारंगी र्याइँ र्याइँ’, ‘स्याङजा जाने बाटैमा तनहुँ’, ‘छनत मै राम्रो छैन’ लगायतका गीत प्रस्तुति गर्दा दर्शकहरु ताली बजाएर, हुटिङ गरेर एवं नाचेर उनको प्रस्तुतिमा रमाए । पशुपतिले केही समय गायिका सीता रानासँग दोहोरी समेत गाए । ...

पाल्पा महोत्सव : पशुपति शर्मा, नविन पौडेललगायतको प्रस्तुति आज हुने

पाल्पा महोत्सव : पशुपति शर्मा, नविन पौडेललगायतको प्रस्तुति आज हुने
तानसेन । वर्षाका कारण ‘पाल्पा महोत्सव’मा बुधवारको कार्यक्रम प्रभावित बनेको छ । महोत्सवमा बुधवार मुख्य आकर्षणका रुपमा चर्चित गायक पशुपति शर्मा, नविन पौडेल, गायिका सीता राना, हास्य कलाकार विष्णु जी पाण्डे, गायक गणेश न्यौपाने लगायतका कलाकारहरु उपस्थित थिए । तर, वर्षाका कारण कलाकारहरुको प्रस्तुति बुधवार हुन सकेन् । अब, बुधवारको आकर्षणका रुपमा उपस्थित कलाकारहरुको प्रस्तुति आज (बिहीवार) हुने भएको महोत्सव प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले नयाँधारलाई जानकारी दिए । ‘...

पाल्पा महोत्सवमा बुधवार पशुपति शर्माको प्रस्तुति रहने

पाल्पा महोत्सवमा बुधवार पशुपति शर्माको प्रस्तुति रहने
तानसेन । ‘पाल्पा महोत्सव’मा बुधवार चर्चित लोकगायक पशुपति शर्मा दर्शकको मुख्य आकर्षणको केन्द्रमा रहने भएका छन् । वैशाख १४ गतेबाट तानसेनमा जारी महोत्सवको सातौं दिनको मुख्य आकर्षणका रुपमा पशुपतिले प्रस्तुति दिने भएका हुन् । उनीसँगै गायिका सीता राना, गायक नविन पौडेल, हास्य कलाकार विष्णु जी पाण्डे, गायक गणेश न्यौपाने लगायतको प्रस्तुति समेत दर्शकले बुधवार हेर्न पाउनेछन् । बुधवारको कार्यक्रमलाई गायक सुमन गैरेले उद्घोषण गर्नेछन् । महोत्सवमा हरेक दिन दर्शकको उत्साहजनक उपस्थित...

तानसेनमा यस्तो रह्यो एलिनाको प्रस्तुति

तानसेनमा यस्तो रह्यो एलिनाको प्रस्तुति
तानसेन । ‘पाल्पा महोत्सव’को छैठौं दिन गायिका एलिना चौहानले सांगीतिक प्रस्तुति दिएकी छिन् । तानसेनको टुँडिखेलमा जारी महोत्सवमा मंगलवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन् । ‘यो भाग्यमा खोट छ’, ‘मिनरल वाटर’देखि ‘धोकेबाज हौ तिमी’लगायतका गीतहरु उनले प्रस्तुत गरिन् । ‘धोकेबाज हौ तिमी’ एलिनाको पछिल्लो समयको सबैभन्दा चर्चित गीत हो । महोत्सवमा उनले यो गीत दुईपटक प्रस्तुत गरेकी थिइन् । उनको प्रस्तुतिमा दर्शकहरुको हुटिङ एवं ‘एक्प्रेसन’ हेर्न...

पाल्पा महोत्सवमा आज एलिना चौहानको प्रस्तुति

पाल्पा महोत्सवमा आज एलिना चौहानको प्रस्तुति
तानसेन । ‘पाल्पा महोत्सव’को छैठौ दिन मंगलबार गायिका एलिना चौहानको प्रस्तुती रहनेछ । पछिल्लो पुस्ताकी चर्चित गायिका उनले तानसेनमा पहिलो पटक प्रस्तुति दिन लागेकी हुन् । ‘के माया लाग्छ र...’बाट चर्चामा आएकी उनका ‘यो भाग्यमा खोट छ...’, ‘मिनरल वाटर’, ‘धोकेबाज हौँ तिमी’ जस्ता गीत निकै चर्चित छन् । ‘धोकेबाज हौँ तिमी’उनको पछिल्लो सर्वाधिक चर्चित गीत मानिन्छ । छोटो समयमा निकै चर्चा कमाएकी एलिनाका फ्यान फ्लोइङ देशदेखि विदेशसम्म छन् । विशेषगरी युवा पुस्ताका स्रोता दर्शकले उनका गीत...

पाल्पा महोत्सवमा बद्री र शान्तिश्री : पहिले भावुक बनाए, पछि छमछमी नचाए

पाल्पा महोत्सवमा बद्री र शान्तिश्री : पहिले भावुक बनाए, पछि छमछमी नचाए
गायक बद्री पंगेनीले जब स्टेजमा गीत गाउन सुरु गरे, उपस्थित दर्शक शान्त भए । बाध्य भइयो परदेशमा छिर्न आमा मैले पढ्दा लाएको ऋण तिर्न आमा बिदा पाउँदिन, अहिलेको साल पनि आमा घरमा आउँदिन उनी यो गीत गाउँदै स्टेजबाट झरेर दर्शकको नजिक–नजिक पुग्न थाले । भावुक मुन्द्रामा प्रस्तुति दिएका बद्रीको गीतमा दर्शक पनि भावुक बने । हे, आमा तिम्ले नझार आँशु, आमा तिमी रोए कसरी म हाँसु आमा बिदा पाउँदिन, अहिलेको साल पनि आमा घरमा आउँदिन बद्रीले गीत गाउँदा अगाडि रहेका धेरै आमाहरुको आँखा ...

पाल्पा महोत्सव : आज बद्री र शान्तीश्रीको प्रस्तुति

पाल्पा महोत्सव : आज बद्री र शान्तीश्रीको प्रस्तुति
पाल्पा । तानसेनको टुँडिखेलमा जारी ‘पाल्पा महोत्सव’मा सोमवार (आज) चर्चित गायक बद्री पंगेनी र गायिका शान्तीश्री परियार दर्शकको मुख्य आकर्षणको केन्द्रमा रहनेछन् । बिदाको दिन पारेर बद्री र शान्तीश्रीले महोत्सवमा प्रस्तुति दिन लागेका हुन् । उनीहरुका साथमा हास्य कलाकार सुमित कुमार घिमिरे र गायिका तुलसा गाहाको समेत सोमवार प्रस्तुति रहनेछ । त्यस्तै, कलाकेन्द्रहरुको नृत्य प्रस्तुति समेत दर्शकहरुले महोत्सवमा हेर्न पाउनेछन् । सोमवारको सांगीतिक कार्यक्रमलाई बिन्दु थापाले उद्घोषण गर...

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer