बिरकोट पूर्ण सस्थागत सुत्केरी वडा घाेषणा ।

पाल्पा; पाल्पाको पूर्वखोला गाउँपालिको वडा नम्बर ५ मा रहेको बीरकोट स्वास्थ्यचौकी पूर्ण संस्था सुत्केरी वडा भएको छ । बीरकोट स्वास्थ्य चौकीमा ८० मध्ये ७६ जना महिला स्वास्थ्य संस्थामै सुत्केरी हन सफल भएपछि पूर्ण संस्था सुत्केरी वडा घोषणा गरिएको हो ।

बिरकोट स्वास्थ्य चौकी पूर्वखोला गाउँपालिकाको पहिलो र जिल्लाको दोस्रो पूर्ण संस्था सुत्केरी वडा हुन सफल भएको छ । दुईवर्ष अघिसम्म घरमै सुत्केरी गराउने महिलाहरु अहिले स्वास्थ्य संस्थामा मात्रै सुत्केरी गराउनुपर्छ भन्ने वावनामा विकास भएको स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी गंगा भटराईले बताउनुभयो।

जिल्ला सदरमुकामदेखि ३५ किलोमीटरको दुरीमा रहेको विरकोटलाई भौगोलीक हिसावले विकट मानिन्छ । २०७४ चैतबाट सबै वडामा बर्थिङ सेन्टर संचालन गरेको पूर्वखोला गाउँपालिकाले अब छिटै पालिकालाई नै पूर्ण संस्था सुत्केरी वडा घोषणा गर्ने तयारी रहेको गाउँपालिका अध्क्षय नुनबहादुर थापाले बताउनुभयो ।

विगतमा अशिक्षा, चेतना अभाव र भौगोलिक विकटताका कारण घरमै सुत्केरी हुनेको संख्या अत्यधिक रहेपनि स्थानीय तहको निर्वाचन पश्चात गाउँमा आमूल परिवर्तन देखिएको अध्यक्ष थापाले बताउनुभयो । स्वास्थ्य चौकीमा २४ घण्टा सेवा दिने व्यवस्था मिलाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताउनुभयो ।

स्वास्थ्य चौकीमा सुत्केरी हुँदा १ हजार यातायात खर्च र स्वास्थ्य जाँच गरेकालाई ४ सय पाउने व्यवस्था छ । यस्तै प्रोत्सहानका लागी न्यानो झोला र गाउँपालिकाले थप ६ सय दिने व्यवस्था समेत गरेको छ ।

तपाईको प्रतिक्रिया