भवन हस्तान्तरण हुन नसक्दा जीर्णबाट उपचार

पाल्पा, १३ जेठ । पश्चिम पाल्पा रैनादेवी छहरा गाउँपालिकाको छहरा स्वास्थ्य चौकीको भवन हस्तान्तरण हुन नसक्दा अलपत्र बनेको छ । हस्तान्तरण हुनुअघि नै नवनिर्मित भवन भत्केको छ ।

एक वर्ष अघि नै काम सम्पन्न हुनुपर्नेमा हालसम्म भवन हस्तान्तरण हुन सकेको छैन । भवनका पर्खालहरु चर्किएका छन् । पेटी भत्किएका अवस्था रहेको स्थानीयबासिन्दाको गुनासो छ ।

सूर्यचन्द्र कन्ष्ट्रक्सन कम्पनी, काठमाडौले २ करोड १८ लाखमा स्वास्थ्य चौकीको भवन काम अघि बढाएको थियो । नयाँ भवन प्रयोगमा नआउँदा छहरा स्वास्थ्य चौकीले उपचारमा समस्या देखिएको छ ।

सुविधासम्पन्न भवन हस्तान्तरण हुन नसक्दा साँघुरा कोठाबाटै सेवा दिनु परेको स्वास्थ्य चौकी प्रमुख प्रतिक्षा लामटाङ्गेले बताइन ।बिरामीलाई राख्ने ठाँउ नहुदा भुँइमा बसेरै नै उपचार गर्नुपर्ने बाध्यता छ ।

अघिल्लो वर्ष नै भवन हस्तान्तरण गर्ने आश्वासन दिएको निर्माण कम्पपनी अहिलेसम्म सम्पर्कमा नआएकोले नयाँ भवन प्रयोगमा आउन नसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले बताए ।

तपाईको प्रतिक्रिया