पाल्पा, १४ जेठ । पाल्पाको तानसेनमा सम्पन्न भएको स्वास्थ्य शिविरमा ७ सय ४ जनाले निःशुल्क स्वास्थ्य जाच गराएका छन । तानसेनको त्रिभुवन क्याम्पस पाल्पामा भएको स्वास्थ्य शिविरमा विशेषगरी मुटु, मृगौला तथा दमका विरामीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन । रोटरी क्लब अफ पाल्पा तान्सेन, तान्सेन नगरपालिकाको संयुक्त आयोजना र गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा भएको शिवीरको आयोजना गरिएको हो । रोटरी क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत स्वास्थ्य शिविरको आयोजना गरेको हो । जिल्लाका नागरीकहरु प्रति सामाजिक उत्तरदायित्वको भावनाले शिविरको आयोजना गरेको क्लबका प्रचार संयोजक अमृत अधिकारीले जानकारी दिनुभयो । जिल्लामै निःशुल्क स्वास्थ्य परिक्षण गराउन पाएपछि जिल्लबासी खुसी भएका छन ।

तपाईको प्रतिक्रिया