नेकपा पाल्पाले गर्या जनतासंगको अन्तरक्रिया

पाल्पा, १४ जेठ । नेपाल कम्युनिष्ट पाटी नेकपाले तानसेन नगरपालिका वडा न ९ को वडा कमिटीका सदस्यहरुबीच पार्टी गतिबिधी र सरकारको कामका बिषयमा अन्तक्रिया सम्पन्न गरेको छ । पार्टी सदस्यहरु उपस्थिती भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सांसद सोमप्रसाद पाण्डेय, नेकपा केन्द्रीय सदस्य ठाकुर गैरे, नेकपा नेता धनेन्द्रराज घिमिरे, नेकपा पाल्पा सदस्य गुरास आत्रेय लगायतले समसामयिक बिषयबस्तु र सहभागीहरुको प्रश्नमामा आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा पूर्व उद्योगमन्त्री तया संघिय सांसद सोमप्रसाद पाण्डेयले सिद्धबाबा सडकखण्डमा सुरुङ्गमार्ग सहित बुटवल पोखरा सडक स्तरउन्नती, तानसेन श्रीनगर बिकास लगायतका काममा बजेट भाषणमा सम्बोधन हुने जानकारी िदनुभयो । युवा स्वरोजगार बृद्धिको कार्यक्रम आत्मनिर्भरताको लागी कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधि र बिउमा अनुदान, पर्यटन बिकासका लागी बाटोको स्तरउन्नती, सम्पदा संरक्षण, पार्क निर्माण लगायतका काम सरकारले अघि बढाएको समेत पाण्डेयको भनाई छ । नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेले जनताको अपेक्षा असिमित रहेकोले सरकारले बिस्तारै पुरा गर्दै जाने बताउनुभयो । नेकपा सामाजिक न्याय सहितको समाजबादमा जाने आफ्नो उदेश्यमा बिचलित नभएको र उदेश्य पुराहुन नदिन बाहिरी तथा भित्री दलाल पुजीबादी हाबी भएको तर सबै बाधा हटाउदै नेकपा उदेश्यमा पुग्ने गैरेले बताउनुभयो । कार्यक्रममा नेकपा पाल्पा सदस्य गुरास आत्रेयले सरकारले राम्रा योजनाहरु ल्याएको तर जनतासम्म सत्य सुचना नपुगेकाले सफल नभएको बताउदै जनप्रतीनिधीलाई उदेश्यपुरक रचनात्मक र दिगोबिकासका काम ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले जनप्रतीनिधीहरुको चुनाव अधि र पछि व्यवहारमा परिवर्तन देखिएकोमा गुनासो गरेका थिए । सहभागीले चुनावी घोषणापत्र अनुसार बिकास निमार्णका काम नेताहरुलाई सुझाव दिएका थिए

तपाईको प्रतिक्रिया