
पाल्पा । पाल्पाको तानसेनमा रहेको पाल्पा दरबार संग्रहालय प्रवेशमा शुल्क लाग्ने भएको छ । दरबार संग्रहालय उद्घाटनसँगै औपचारिक रुपमा शुल्क लगाउने व्यवस्था गरेको हो ।
संग्रहालयमा प्रवेश गर्दा प्रतिविद्यार्थी रु ५, स्वदेशी नागरिकलाई रु १५, सार्क देशका नागरिकका लागि रु ५० र अन्य बिदेशी नागरिकका लागि रु १०० रुपैयाँ लाग्ने व्यवस्था गरेको हो । क्यामेराको शुल्क नेपालीका लागि रु २५, सार्कका लागि रु ५० र अन्य देशका नागरिकका लागि रु १०० कायम गरिएको छ ।
दरबारलाई संग्रहालयमा पर्यटक आकर्षण गर्ने बस्तुहरु प्रशस्त छैन । लामो समयदेखि सञ्चालनमा आएको दरबार संग्राहलय औपचारिक प्रदान गरिएको छ । पाँच नम्वर प्रदेशका साँसद बसन्त घर्ती संग्रहालयको उद्घाटन गरे । पाल्पा दरबार संग्रहालय प्रदेश स्तरीय संग्रहालय रहेकोले सरकारको सहयोग रहने बताए ।
उद्घाटन समारोहमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ का सचिव कृष्ण प्रसाद ज्ञवाली, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, बुद्धिजीवि निर्मल श्रेष्ठ लगायतले संग्रहालयको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए ।
तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीको अध्यक्षता, उपमेयर लक्ष्मी पाठकको स्वागत र अधिकृत भरत आचार्यको संचालनमा कार्यक्रम चलेको थियो । बुधवार देखि आइतवारसम्म बिहान १० बजेदेखि ४ः३० सम्म र सोमवार बिहान १० बजेदेखि २ः३० सम्म संग्रहालय खुल्नेछ । मंगलबार भने बन्द रहनेछ ।