एचआइभी संक्रमित श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण

पाल्पा । पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्केका छन । एचआइभी संक्रमित श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर शुक्रबार पोखरा फर्किएका हुन ।

श्रेष्ठले ८ गते बुधवार विहान ७ः२० वजे सगरमाथाको सफल आरोहरण गरेका थिए । गोपालले विश्वमै एचआइभी संक्रमित ब्यक्तिहरु मधयबाट सगरमाथाको सफल आरोहण गरेर कृतिमान समेत राखेका छन । एचआईभी लागेका व्यक्तिहरुलाई भेदभाव गर्ने चलनको अन्त्य गर्ने उद्देश्यले उनको सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भएपनि यसपाली भने दास्रो पटकमा सफलता हासील गरेका छन ।

उनले यसअघि स्टेप अप क्याम्पियन अभियान मार्फत सन् २०१५ मा सगरमाथा पनि चढ्ने प्रयास गरेपनि महाभूकम्पका कारण सफल भएका थिएनन् । २५ वर्षअघि एचआईभी संक्रमण भएका श्रेष्ठ ५६ वर्षका हुन ।

तपाईको प्रतिक्रिया