काठमान्डौं । आज काठमाडौँ उपत्यकासहित देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही रहने छ । पश्चिमी वायुको प्रभावका कारण अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय भएको हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाले जनाएको छ । सामान्यतः प्रिमनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने बताइएको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ ।