
निवर्तमान उपाध्यक्ष पदम न्यौपानेको नेतृत्वमा गठित कार्यसमितिको उपाध्यक्षमा सेमन्तमणी खराल र केशव आचार्य, महासचिवमा विष्णु खत्री, सचिवमा जीवन भण्डारी र पाण्डव खत्री र कोषाध्यक्षमा सनिल नेपाल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा रामचन्द्र भण्डारी, संजयकुमार श्रेष्ठ, संजय भट्टराई, गोपाल राना, थान बहादुर कुँवर मगर, सिता कार्की, मञ्जु ढकाल आचार्य र बालकृष्ण पोखरेल रहनु भएको निर्वाचन समितिका संयोजक राजेश पन्थीले जानकारी दिनुभयो ।
काठमाडौँमा बस्ने पाल्पालीहरुलाई संगठित गरी पाल्पाको पर्यटन, कला, संस्कृतिको प्रचार तथा प्रवद्र्धन गर्ने विविध क्रियाकलाप गर्दै आइरहेको संस्था झण्डै चालिस बर्षदेखि क्रियाशिल रहेको महासचिव खत्रीले बताउनु भयो ।