
पाल्पा । वरिष्ठ पत्रकार बिनोद पहाडीको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ नेपालको गठन गरिएको छ । दलित समुदायका पत्रकारहरुको भेलाले संघको गठन गरेको हो ।
भेलाले संघको उपाध्यक्षमा टिकाराम सुनार र भोला पासवानलाई चयन गरेको छ । महासचिवमा लक्ष्मण दर्नाल, सचिवहरुमा सन्तोष गन्धर्व र अमर सुनारलाई चयन गरेको छ । कोषाध्यक्षमा शुष्मा बराली हुनुहुन्छ । भेलाले २३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
भेलालाई संबोधन गर्दै अध्यक्ष बिनोद पहाडीले नेपालको दलित आन्दोलन र पूर्णप्रेस स्वतन्त्रताको आन्दोलनमा दलित समुदायका पत्रकारहरुको सामुहिक पहल कदमीका लागि संघको गठन गरिएको बताउनुयभो । पत्रकारहरुको पेशागत हकहित र सुरक्षाका लागि संघको सामुहिक पहल हुने उहाँको भनाई छ ।
अध्यक्ष पहाडीका अनुसार संघले देशभरका दलित समुदायका सञ्चारकर्मी संगठित गर्ने र पेशागत सुरक्षाका लागि संगठित आवाज उठाउने छ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको भेला तथा घोषणा सभामा दलित आन्दोलनका अगुवाहरु तिलक परियार, गणेश बिके, भक्त विश्वकर्मा, जेवी विश्वकर्मा, प्रकाशचन्द्र परियार, दिपक सोनी लगायतले बोल्नु भएको थियो ।
भेलाले सदस्यहरुमा गोपाल बराइली धनकुटा, बुद्धि बिश्वकर्मा चितवन, मधु शाही बाँके, भीम घिमिरे मोरगं, कमला रसाइली रामेछाप, विष्णु विश्वकर्मा सुर्खेत, केशव भुल अछाम, विरु नेपाली पाल्पा, दिपक परियार कास्की, गोमा परियार बाँके, पर्वत पोर्तेल झापा, मिलन परियार डोटी, सोना खटिक कपिलवस्तु, बिनोद परियार नवलपरासी, लक्ष्मी बिश्वकर्मा झापा र सरिता बराइली धनकुटालाई चयन गरेको छ । पहाडी पाल्पा भुवनपोखरीका हुन ।