बेपत्ता पुरुषको शव फेला    

अर्घाखाँची। आठ दिनदेखि बेपत्ता भएका अर्घाखाँची सितगंगा ११ खयरभट्टीका ३५ वर्षीय धनवीर घर्तीमगर शव फेला परेको छ।

घरदेखी करिब डेढ किलोमिटर टाढाको खयरभट्टी जंगलमा शनिबार उनको शव भेटिएको हो। मानसिक सन्तुलन गुमाएका घर्तीमगर जेठ १७ गते राति सुतेको अवस्थामा उठेर एक्कासि बेपत्ता भएका थिए।

घरदेखि डेढ किलोमिटर टाढा जङगलमा गोरु चराउन गएका गोठालाले नग्न अवस्थामा रहेको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका  थिए।

जानकारी पाउनेबित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरिक्षक गणेश बहादुर नरालको कमान्डमा गएको प्रहरीको टोलीले घटनास्थलमा पुगेर सवको मुचुल्का गरी पोष्टमार्टमका लागी सवलाई कविलवस्तुको तौलिहवा पठाईएको प्रहरी निरिक्षक गणेशबहादुर नरालले बताए।

तपाईको प्रतिक्रिया