युरिया मल अभाव

काठमान्डौं । किसानहरुका लागी मानो खमाएर मुरी उब्जाउने बेला सुरु भएको छ । खेती लगाउने मुख्य समय सुरुभएसंगै  हेटौंडाकाे मकवानपुरमा युरिया मलको अभाव भएको छ । मकैखेती तथा चैते धानका लागी युरिया मल अभाव भएपछि किसान प्रभावित भएका छन् ।

युरीया मलको अभावले कृषि उत्पादनमा ह्रास आउने समेत किसानहरुमा चिन्ता बढेको छ । मल बिक्री गर्ने सहकारी संस्था र बीउबिजन केन्द्रमा मल खरीद गर्न जाने किसान रित्तै फर्किन थालेका छन् ।

जिल्लामा युरिया मल बिक्री वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङसँग युरिया मलको मौज्दात नरहेको हुदाँ समस्या देखिएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले किसानबाट मल अभावका गुनासो धेरै आएको हुदाँ मल आपूर्तीका लागी पहल भैरहेको बताए ।

तपाईको प्रतिक्रिया