काठमान्डौं । सिन्धुलीमा गुडिरहेको बसबाट बाहिर टाउको निकाल्दा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको खाँडादेवि गाउँपालिका–३ भिरपानीका १४ वर्षिय रमेश श्रेष्ठ रहेको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार सडकको छेउमा रहेको बोर्डमा ठोकिएर टाउको काट्दा विद्यार्थीको मृत्यु भएको हो । प्रगतिशिल मावि सुनकोशी गाउँपालिका–३ झाँगाझोलीका विद्यार्थी लिएर घर फर्किदै गरेको बा ३ ख ३५२० नम्वरको बसमा रहेका श्रेष्ठको मृत्यु भएको हो । घटना भए लगत्तै गाडीका चालक फरार भएको प्रहरीले जनाएको छ । बस प्रहरीको नियन्त्रणमा छ ।

तपाईको प्रतिक्रिया