
काठमान्डौं । धनुषाकाे धनुषाधाम नगरपालिकाको कार्यालय परिसरमा गएराति कुकर बम विस्फोट भएको छ। मध्यरातमा भएको विस्फोटबाट कार्यालयको पर्खालमा क्षति पुगेको छ। कार्यालय परिसरमै विष्फोट भएको भएपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।
विस्फोटबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। बम विस्फोटले यस क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन् ।