पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्यामपस प्रमुखको कार्यकक्षमा लगाईएको ताला १६ दिनपछि खुलेको छ । अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा विद्यालयका गतिविधिप्रति असन्तुष्टी जनाएर गत जेठ १५ गते तालाबन्दी गरेका थिए । विद्यार्थी संगठनहरुले राखेका मागमा तिन बुदै सहमति भएपछि शुक्रबारदेखि ताला खुलेको हो ।
विद्यार्थी संगठनहरुले क्याम्पसमा आंशिक शिक्षण सहायक र सहायक प्राध्यापक नियुक्तिको विषयलाई लिएर क्याम्पस प्रमुख कार्यकक्षामा तालाबन्दी गरेका थिए । विद्यार्थी संगठनहरुले राखेका मागहरु जायज रहेको हुदा क्याम्पसले सम्बोधन गरेर अगाडी बढिएको क्याम्पस प्रमुख जीवनबहादुर थापाले बताए ।
संयुक्त विज्ञप्ती जारी गर्दै अनेरास्ववियू पाल्पाका कार्यबहाक अध्यक्ष हिरामणी पराजुली र अनेरास्ववियू कान्तीकारी अध्यक्ष पदम सोमैले क्याम्पसले आफूहरुका माग सम्बोधन गरेको हुदा ताला खोलीएको जनाएका छन ।
यस्तो छ तिन बुदे सहमतिः
१. विद्यार्थी संगठनहरुले त्रिभुवन बहुमुखि क्याम्पस भित्र संञ्चालित सबै कार्यक्रममा आंशिक शिक्षक नियुक्ति गर्दा खुला विज्ञापनबाट पदपूर्ती गरिनेछ ।
२. यस क्याम्पसका विभिन्न संकायमा आवश्यक शिक्षकहरु खुला विज्ञापन मार्फत पदपूर्ती गरिने छ ।
३. क्याम्पस भित्रका विभिन्न विषयमा छलफल गर्दा विद्यार्थी संगठनहरुसंग सहकार्य गरी अगाडी बढिने छ ।