
पाल्पा । पाल्पाको रामपुरस्थित सहिद क्याम्पसको कम्पाउण्ड भित्र सोमबार राति बम विस्फोट भएको छ । अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको प्रहरीको दावी छ । राति साढे १० बजे भएको विस्फोटबाट क्याम्पसको भर्खरै निर्माण गरिएको पर्खालमा क्षति पुगेको छ।
सिलिण्डर विस्फोट कस्ले र किन गरायो भन्ने अझै खुल्न सकेको छैन। अज्ञात समूहले मोटरसाइकल र स्कुटरको टायर बालेर सिलिण्डर विस्फोट गराएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।
घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भुपाल रानाले बताए। रातिको समयमा ठूलो आवाजसहित भएको विस्फोटका कारण स्थानीयहरु त्रसित बनेका छन्। विगतमा बन्दका बेला सामान्य प्रभाव रहने रामपुरका बजार क्षेत्र, शैक्षिक संस्था तथा कार्यालय ठप्प बनेका छन्।
पाल्पाको तानसेन लगायत अन्य बजार पनि खुलेको छैन। छिटफुट दुई पाँग्रे सवारी चले पनि अन्य साधन चल्न सकेका छैनन्। पाल्पाका गाम्रीण क्षेत्रबाट तानसेनतर्फ सवारीसाधन आउन सकेका छैन । बुटबल हुदै पाल्पा हिड्ने सवारी सञ्चालनमा आउन सकेको छैन । जसका कारण यात्रुहरुले सास्त्री खेपेका छन् । सरकारी तथा नीजी विद्यालयमा पठनपाठन हुन सकेको छैन ।