प्रहरी र स्थानियद्वारा  गाजाँ नस्ट

विष्णु पाण्डेय  बिर्घा । स्याङ्जाको बिर्घामा अबैध रुपमा रहेका गाजाँका बोट नष्ट गरिएको छ । प्रहरी चौकी बिर्घा  र स्थानीय जनप्रतिनिधिको सहकार्यमा कालिगण्डकी गाउँपालिका ४ का विभिन्न गाउँमा रहेका अबैध गाजाँका बोट नष्ट गरिएको हो ।

गाउँमा अबैध रुपमा रहेका ५ सयबढी गाजाँका बोट बोट नष्ट गरिएको चौकि बिर्घाका ईन्चार्ज खड्क बहादुर मल्लले जानकारी दिए । गाउँमा स -साना बालकहरुले समेत गाजाँको प्रयोग गर्ने डर भएपछि गाउँलेहरुले नै यसको नष्ट गर्न प्रहरीसंग सहकार्य गरेका हुन ।

तपाईको प्रतिक्रिया