सिद्धबाबामा पहिरो खसेसंगै सवारी आवागमन एकतर्फी

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा पहिरो खसेको छ ।

सिद्धबाबा मन्दिरदेखी १ सय ५० मिटर उत्तरतर्फ बिहीबार बिहान माटो र ढुंगा सहितको पहिरो खसेसंगै केही समय सवारी आवागमन ठप्प भएको थियो । अहिले भने स्थानीयहरुको सहयोगमा पहिरो पन्छयाई एकतर्फी सवारी आवागमन गरिएको प्रहरी चौकी दोभानले जनाएको छ ।

डिभिजन सडक कार्यालय पाल्पाको प्राविधिक सहितको टोली सिद्धबाबा पुगी दुईतर्फी सवारी संचालनको कार्य गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया