काठमान्डौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सलमा लिएको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परिक्षाको नतिजा बिहीबार बेलुका सार्वजनीक गरेको छ । २०७५ चैत्र १० गतेबाट सुरु भएको परीक्षामा कुल ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी भएका थिए ।

 

यस बर्ष एसईई मा साधारण तर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिक तर्फ ९ हजार ६ सय ३३ समेत गरी ४ लाख ५९ हजार २ सय ७५ परीक्षार्थी सहभागी भएका थिए ।

त्यसमध्ये १७ हजार ५ सय ८० जनाले ३ दशमलब ६ देखि ४ जिपिए प्राप्त गरेका छन् । त्यसैगरी ५१ हजार १ सय ३७ जनाले ३ दशमलब २ देखि ३ दशमलब ६ जीपीए , ६३ हजार ७ सय ४१ जनाले २ दशमलब ८ देखि ३ दशमलब २ जीपीए र ७६ हजार ५ सय ६४ जनाले २ दशमलब ८ देखि २ दशमलब ४ जीपीए प्राप्त गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।

जस्तै : एसईई स्पेस सिम्बोल नम्बर (see<space>symbol no) टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।

यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ ।

परीक्षाफल चित्त नबुझी पुर्नयोग गर्नुपरेमा नतिजा प्रकाशन भएको १५ दिन भित्र निवेदन दिन सकिने बोर्डले जनाएको छ । पुरक परीक्षामा सहभागी हुनका लागि सि भन्दा तलको ग्रेड आएमा पुरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुने व्यवस्था पनि बोर्डले गरेको छ ।

तपाईको प्रतिक्रिया