पाल्पा । पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्रको अर्को विकल्प नभएको बताएका छन । नेपाल पत्रकार महासघ, केन्द्रीय समिति, दलित समितिको आयोजना र नेपाल पत्रकार महासघ पाल्पाको आतिथ्यतामा नेपाल पत्रकार महासंघ दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलनको पाल्पामा समुद्घाटन गर्दै उनले लोकतन्त्रमा विभेद स्वीकार गर्न नहुने बताए ।

जातीय विभेद अनत्यका लागी निरन्तर विगतदेखि नै अभ्यास भइरहेको बताउदै तेस्का लागि निरन्तर लडिररहनुपर्ने उनको भनाइ छ ।
सम्मेलनमा नेपालभरका सय भन्दा बढी दलित समुदायका पत्रकारहरुको सहभागीता रहेको छ ।

सम्मेलनमा दलित समुदायका पत्रकारहरुको हक अधिकार तथा भोगेका समस्या तथा चुनौतीका विषयमा छलफल गरी दलित समुदायका पत्रकारहरुको हक हित हुनेगरी घोषणापत्र जारी गर्ने सम्मेलनकी अध्यक्ष मधु शाहीले बताईन सम्मेलन भोलीसम्म सञ्चालन हुने छ ।

तपाईको प्रतिक्रिया