आज धान दिवस, पाल्पामा दश प्रतिशत मात्र धान रोपाई

पाल्पा । असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रुपमा लिइनछ । तर पाल्पामा भने समयमा वर्षा नहुदा यस वर्ष धान रोपाइमा ढिलाई भएको छ । देशभर असार १५ रोपाई दिवस मनाएरहदा पाल्पामा भने यस वर्ष १० प्रतिशत मात्र धान रोपाई भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

अघिल्ला वर्षमा पाल्पाका असार १५ सम्म ३० प्रतिशत बढी फाँटहरुमा रोपाई भइसक्थ्यो । खोलाको नजिकमा रहेका फाटँहरुमा केही मात्रामा रोपाई भएपनि आकासे पानिको भरमा रोपाई गर्ने किसानले बीउँ नै राख्नै पाएका छैनन् भने राखेका बीउ पनि सुक्ने अबस्थामा रहेको किसानको भनाई छ ।
पाल्पाको कुल क्षेत्रफल मध्ये ८ हजार ७ सय ५० हेकटर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया