सुशील सुबेदी

स्याङजा । वालिङ नगरपालिकाको पत्रकार सम्मेलनमा पत्रकारको सहभागिता हुन सकेन । स्मार्ट सिटीको नारा बोकेर अगाडी बढीरहेको नगरले आयोजना गरेको आ.ब ०७६÷७७ को निती कार्यक्रम तथा बजेट सार्वजानिक सम्बन्धी पत्रकार सम्मेलनमा जिल्लाका पत्रकारले सांकेतिक विरोध गरेका हुन् ।

नगरले आगामी आर्थिक वर्षको छैटौँ नगरसभामा जिल्लामा क्रियाशिल उत्कृष्ट पत्रकार सम्मान भन्दै दुई जना पत्रकार, करदाता, सरसफाई टोल बिकास समितीलाई सम्मान गरेको थियो । उत्कृष्ट पत्रकार सम्मान गरेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ सँग कुनै समन्वय नगरेकोमा नेपाल पत्रकार महासंघ स्याङ्जाले ध्यानाकर्षण गर्दै बुधबार नगरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थिती नभइ विरोध जनाएको हो ।

यसै विषयमा नेपाल पत्रकार महासघं जिल्ला शाखा क्रियाशिल हुँदा हुँदै प्रतिभा छनौट गर्ने विधी र प्रकृया नपु¥याई सामाजिक सञ्जालबाट पत्रकार सम्मान भएको कुरा बाहिर आएपछि महासंघद्वारा ध्यानाकर्षण गरिएको नेपाल पत्रकार महासंघ स्याङ्जाले जनाएको छ । हरेक संघसंस्था र सरकारी कार्यालयले समेत महासंघको समन्वयमा पुरस्कृत हुने पत्रकार छनोट गर्दै आएका छन् । वालिङ नगरपालिकाले जिल्लामा रहेका क्रियाशिल पत्रकारलाई सम्मान गर्ने अभियानको थालनी गरेकोमा भने पत्रकार महासंघ स्याङ्जाले स्वागत गरेको छ । यस्तो अभियान अन्य स्थानीयल तहले पनि थालनी गर्नुपर्ने पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले बताए ।

जिल्लामा क्रियाशिल पत्रकार सम्मानित हुँदै गर्दा हाम्रो बिरोध होईन, पद्धतीको विरोध गरेका हौँ । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष शर्माले भने, ‘सञ्चारकर्मी सम्मान भएको खबर महासंघले सामाजिक सञ्जालबाट थाहा पाउने तर महासंघ बेखबर हुनु दुःखद हो ।’ यस्ता क्रियाकलापले संस्थाको गरिमा र मर्यादा सगै पद्धतीमा आच आउने काम भएकोे शर्माले बताए । नगरपालिकाले बोर्ड बैठकमा समेत निर्णय नै नगरी आफु खुशी सम्मान गर्नेको नामावली सभामा एकैचोटी आएको वडा नम्बर १३ का अध्यक्ष आनन्द पाडकले बताएका छन् ।

उता वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि ६५ करोड ६७ लाख ५७ हजारको बजेट विनियोजन गरि सार्वजानिक गरिएको बताएको छ । सभावाट स्वीकृत वजेट वुधवार पत्रकार सम्मेलन मार्फत आम सर्वसाधारणलाई जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार महासंघसंग सहकार्य नगरी पत्रकार पुरस्कृत गरेको विषयमा पत्रकारहरुले सहभागी नभएर विरोध जनाएका थिए । बजेट उप–प्रमुखले प्रस्तुत गर्ने प्रावधान उल्लेख गरिएको भएपनि बजेट नगर प्रवक्ता केदार काफ्लेले प्रस्तुत गरेका छन ।

तपाईको प्रतिक्रिया