
पाल्पा । तानसेन नगरपालिका र नेपाल बैंक बीच युवा स्वरोजगारको लागि सहुलियतपूर्ण ऋण लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। नगर प्रमुख अशोक कुमार शाही र नेपाल बैंक प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताले सरकार र बैंकले युवालाई पत्याउदैन भन्ने भ्रमलाई चिरेको नगर प्रमुख शाहीले बताए। मेहनती युवालाई स्वरोजगार बनाउनको लागि तानसेन नगरपालिका जमानी बस्नेगरी सम्झौता गरेका छौँ उनले भने ‘ऋण दिने मात्र नभइ साच्चिकै युवालाई स्वाभिमान गराउने लक्ष्य तानसेन नगरपालिकाको हो। कुनै पनि व्यवसाय गर्ने उद्देश्यका साथ समूहमा वा व्यक्तिगत ऋण लिन आउने युवालाई नगरपालिकाको तर्फबाट आवश्यक प्रक्रिया पूरा गरी नेपाल बैंकबाट ऋण उपलब्ध गराइने छ।’
नेपाल बैंक प्रदेश ५ का प्रमुख शेर्पाले युवामध्ये महिलालाई ३ प्रतिशत र पुरुषलाई ४ प्रतिशत व्यfजदरमा ऋण उपलब्ध गराइने बताए। नेपाल सरकारको स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका र सीप सिकेर फर्केका युवालाई बढी प्राथमिकता हुनेछ . उनले भने प्रक्रिया पूरा गरी तानसेन नगरपालिकाको सिफारिसमा आएका युवालाई एक करोडसम्म सहुलियत दरमा ऋण उपलब्ध गराउछौँ। सहुलियतपूर्ण कर्जासम्बन्धी स्थानीय तहसँग गरिएको यो सम्झौता पहिलो हो।
बैंकले एक ठाउँमा निक्षेप संकलन गरी बाहिर लगानी प्रचलन रहेको थियो . नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले भने यो सम्झौताले तानसेनमा संकलन भएको पैसा यहिका युवाले प्रयोग गर्न पाउने वातावरण सिर्जना भएको छ। सरकार जमानी बसेर युवालाई ऋण उपलब्ध गराउने काम सह्रानीय भएको उनले बताए। सम्झौता–पत्रमा ऋण नरिर्ने ऋणीसँग असुल्ने काममा नगरपालिकाले सहयोग गर्नुपर्ने र उठ्न नसकेको ऋण नगरपालिकाले भुक्तान गर्नुपर्ने उल्लेख छ। युवा स्वरोजगार कार्यक्रमअन्तर्गत युवालाई बैंकले सहुलियत दरमा ऋण उपलब्ध गराउने छ।