पेरुलाई हराउँदै १२ वर्षपछि ब्राजिलले हात पार्यो उपाधि

काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि ब्राजिलले हात पारेको छ । आइतबार राति आयोजक राष्ट्र बा्रजिलको माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि हात पारेको हो ।

१२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो । ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे ।

यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए । पेरुले सन् १९७५ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसयता पेरुले कोपा अमेरिकाको फाइनल पुग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया