हराएको शिशु भेटियो, हेर्नुहोस शिशु

पाल्पा । पाल्पाको लुम्विनी मेडिकल कलेज प्रभाषबाट हराएको नवजात शिशु शुक्रबार विहान भेटिएको छ ।

स्यांजा जिल्लाको कालीगण्डकी गाउँपालिकाको मिर्मि भन्ने स्थानबाट प्रहरीले शिशु सहित महिलालाई नियन्त्रण ल्याएको हो । अहिले दुई दिनको शिशु र महिलालाई पाल्पा ल्याइदै छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शुक्रबार लुम्विनी मेडिकल कले प्रभाषमा प्रसुति हुन आएकी तानसेन ९ डाडाडुमकी २२ वर्षीय जमुना राना नवजात शिशु हराएको थियो । शिशु खेलाउन मागेर केही समयपछि नाटकीय रुपमा शिशु सहित महिला पनि हराएकी थिइन ।

तपाईको प्रतिक्रिया