शिशु चोरेकी महिला प्रहरी नियन्त्रण

पाल्पा । पाल्पाको लुम्विनी मेडिकल कलेज प्रभाषबाट शिशु चोरेर फरार भएकी महिलालाई प्रहरीले नियन्त्रण लिएको छ ।

पाल्पाबाट शिशु चोरी फरार रहेकी महिलालाई स्यांजामा पक्राउ गरिएको हो । स्यांजा जिल्ला कालीगण्डकी गाउँपालिका मिर्मीको बजार क्षेत्रबाट शिशु सहित प्रहरीले महिलालाई नियन्त्रण लिएको हो । अहिले दुई दिनको शिशु र महिलालाई पाल्पा ल्याइदै छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार शुक्रबार लुम्विनी मेडिकल कले प्रभाषमा प्रसुति हुन आएकी तानसेन ९ डाडाडुमकी २२ वर्षीय जमुना राना नवजात शिशु चोरिएको हो । शिशु खेलाउन मागेर केही समयपछि नाटकीय रुपमा शिशु सहित महिला पनि हराएकी थिइन ।

अहिले शिशुलाई हेर्नका लागि लुम्विनी मेडिकल कलेज प्रभाषमा मानिस भीड लागेको छ । बच्चा अस्पताल ल्याउदै छ । महिलालाई भने सिधै प्रहरी कार्यालय पाल्पामा ल्याउदै छ ।

तपाईको प्रतिक्रिया