
पाल्पा। तानसेनको अमरनारायण मन्दिर परिसरको नारायण पोखरी नेपाली सेनाले सरसफाई गरेको छ । जिल्ला सदरमुकामा रहेको एकमात्र पोखरीमा वर्षातका समयमा रहेको फोहोरलाई पाल्पास्थित नेपाली सेनाको गोरखदल गणले सरसफाई गरेको हो ।
सनिबार बिहान ७ बजेदखि १० बजेसम्म पोखरी सफाई गरिएको हो । पोखरीमा बर्षायामको समयमा मुल फुटी पानी जम्मा हुने भएकोले नेपाली सेनाले सरसफाई गरेको गोरखदल गणका सह सेनानी कुमार प्रसाद दाहालले बताए ।
दहालको नेतृत्वमा २१ जनाको टोली र नारायण युवा क्लवबाट करिव २० जना युवाहरुको सहकार्यमा पोखरीको सरसफाई गरिएको हो । नेपाली सेनाले यसअघि पनि विभिन्न सामाजिक कार्यमा संलग्न हुदै आएको छ ।