तिनाउ गाउँपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिक

पाल्पा । तिनाउ गाउँपालिकाले आव २०७६÷०७७ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेके छ । पाँचौ गाउँसभा मार्फत ४० करोड ४७ लाख बजेट पारित गरेको हो ।

गाउँसभाले आगामी आर्थिक वर्षका लागि स्थानीय सडक, खानेपानी, कृषि तथा पशुपालन, स्वास्थ्य, शिक्षा, सिचाई, विद्युत, सस्कृति र पर्यटन क्षेत्रमा विशेष प्राथमिकताका आधारमा बजेट विनियोज गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताए ।

त्यसैगरी गाउँपालिकाले युवा तथा खेलकुद, सहकारी, पूर्वधार, लैससस, म्याचिङ्ग फण्ड, विपद व्यवस्थापन, प्राकृतिक श्रोत साधन सम्वन्धमा, मठमन्दिर व्यवस्थापन, सुकुम्बासी सम्वन्धमा आगामी वर्षका प्राथमिकतामा रहेको छन् ।

सडकमा ९० लाख, शिक्षामा १ करोड, कृषि र पशुपालनमा १ करोड, लक्षित वर्गमा ३० लाख, ३० लाख खरका छाना हटाउन कार्यक्रम रहेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए । गाउँपालिकाले अगामी आवदेखि प्रतिलिटर दुधमा दुई रुपैया अनुदान प्रदान गर्ने नीति रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत ज्ञान प्रसाद पनेरुले बताए ।

तपाईको प्रतिक्रिया