तिनाउ गाउँपालिकाले उत्पादन क्षेत्र : कृषिको बजेटमा प्राथमिकतामा

बिशेष ब्युरो
पाल्पा । तिनाउ गाउँपालिकाले कृषि तथा पशुपालनका क्षेत्रलाई लक्षित गरी नीति, कार्यक्रम र बजेट ल्याएको छ ।

गाउँपालिकाले पाँचौं गाउँ सभाबाट पारित नीति तथा कार्यक्रम र बजेटमा कृषि तथा पशुपालन व्यवसायलाई विशेष प्राथमिकता सहित कार्यक्रम सार्वजनिक गरेको हो । आव २०७६÷०७७ मा कृषि ६० लाख र पशु विकास कार्यक्रममा ४० लाख गरी बजेट विनियोजन गरिएको हो ।

पाल्पाको तिनाउ गाउँपालिका कृषि उत्पादनको लागि उर्वर भूमि हो । कृषिबाट आत्मनिर्भर नभएरसम्मका लागि दैनिक खाद्य पदार्थमा बाह्य निर्भरतामा रहनु पर्ने बाध्यता हुन्छ । बाह्य निर्भरतालाई हटाउन र नागरिकको आर्थिक उन्नति गर्न कृषि उत्पादनलाई विशेष कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताए ।

गाउँपालिका क्षेत्र भित्रका दोभान, मस्याम, झुम्सा, कोलडाडा, सत्यवती, ओखलढुङ्गालाई तरकारी उत्पादन क्षेत्र, ओखलढुङ्गालाई माहुरी पालन र अम्रिसो क्षेत्र, सत्यवती, चौकीभञ्याङ्ग र कोलडाडा क्षेत्रलाई तेजपात र केरा उत्पादन क्षेत्रका रुपमा विकास गर्ने कार्यक्रम ल्याएको छ ।

गाउँसभाले लगाड र मस्यामको उपल्लो क्षेत्रलाई कफी खेतीको सभावना रहेकोले त्यसलाई प्रवद्र्धन गर्दै जाने कचल फाँटमा सिचाईको केन्द्रीय आयोजना सम्पन्न भएपछि अन्न भण्डारको रुपमा विकास गर्ने पूर्वधार निर्माणका कार्यहरु संचालन गर्ने जसका लागि गह्रा सुधार कार्यक्रम सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष घर्तीको भनाई छ ।

गाउँपालिकाले दोभान क्षेत्रमा माछापालनको सभावना रहेको हुँदा सम्भाव्य अध्ययन र परीक्षण परियोजना लागु गर्ने र लदुवा क्षेत्रलाई आलु तरकारी र काँक्रा उत्पादन क्षेत्र र भस्त खोला क्षेत्रलाई च्याउको पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ गाउँपालिका अघि बढेको छ ।

आगामी वर्षदेखि धान र मकैको वीजवृद्धि कार्य परीक्षणका रुपमा सञ्चालन गर्ने, कृषि उत्पादनका लागि समुहगत रुपमा मिनीटिलर, थेस्रर वितरण गर्ने कार्यक्रमलाई निरतन्रता प्रदान गरिनेमा जोड दिएको छ । बेशी क्षेत्रमा आप लिची र केरा तथा दोभानको माराबाँस, बडहरे, गाउँपालिकाको माथिल्लो क्षेत्रलाई कागती पकेट क्षेत्रको रुपमा विकास गरिने छ । त्यसैगरी कृषिकलाई विभिन्न तालीमको र अनुदानको व्यवस्था गरिने गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताए ।

यस गाउँपालिकाको झिगामारा, ठुलीदांग, हरियाली गाउँ, कोलडाडा, गिजीनचौर, पाटन, चौकीभञ्याङ्ग क्षेत्रलाई बाख्रापालन क्षेत्रको रुपमा विकास गर्ने सम्भावना भएकोले सम्भाव्यता अध्ययन गरी समुहगत बाख्रापालन फारम स्थापनाको पूर्वधार तयार गरी कार्यक्रम लागु गर्न विशेष अनुदानका कार्यक्रम ल्याइने प्रवक्ता राजेश श्रेष्ठको भनाई छ ।

मस्याम, भुम्सा र दोभान क्षेत्रलाई पशुपालन र दुग्ध उत्पालनको मुख्य केन्द्रका रुपमा विकास गर्न सहकारी मार्फत आवश्यक पूर्वधार निमार्णमा सहयोग गर्ने र दुध उत्पादक कृषकलाई प्रतिलिटर दुई रुपैयाँको विशेष अनुदान समेतको कार्यक्रम लागू गरिने छ ।
दोभान तथा भुम्स्राको पुल वरपरका क्षेत्रलाई पशुपालन र दुग्ध उत्पादनको उप केन्द्रको रुपमा विकास गर्न सम्भाव्यता हेरी अनुदानका कार्यक्रम सञ्चालन गरिने छ ।

पालिका अन्तरगत, विभिन्न पर्यटकीय क्षेत्र सत्यवती, मस्यामको जन्तीलुङ्ग, मरामकोट, दोभानको सुकेताल र झ्ङयाला लगायतका क्षेत्रमा होमस्टे सञ्चालन भइरहेको छ । बाह्य तथा आन्तरिक पर्यटकको चाहानालाई पुरा गरी होमस्टे बजारको विस्तार गर्ने लक्ष्य लिन आवश्यक छ । जसका लागि स्थानीय उत्पादनमा विशेष जोड दिन एक गाउँ एक स्थानीय कुखुरापालन केन्द्रका रुपमा विशेष अनुदान र पूर्वधार सहितका कार्यक्रम लागु गरिने गाउँपालिका प्रशासकीय अधिकृत ज्ञान प्रसाद पनेरुले बताए ।

मौरी पालनको सम्भाव्यताको बुढीकोट, काफलबारी, जन्तीजुङ्ग मरामकोट, सुकेताल, बडहरेका लागि आउदो बर्ष १५० घार मौरी वितरण गर्ने लक्ष्य लिएको छ । मस्यामा क्षेत्रमा दुध प्रशोधन केन्द्र स्थापना गर्न कृषकलाई प्रोत्साहन गरिने छ । आवश्यक स्थानमा कृषि उपज संकलन केन्द्र निर्माण गरिने छ ।

तिनाउ गाउँपालिकाले आव २०७६÷०७७ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । पाँचौ गाउँसभा मार्फत ४० करोड ४७ लाख बजेट पारित गरेको हो । गाउँसभाले आगामी आर्थिक वर्षका लागि स्थानीय सडक, खानेपानी, कृषि तथा पशुपालन, स्वास्थ्य, शिक्षा, सिचाई, विद्युत, सस्कृति र पर्यटन लगायतका क्षेत्रमा विशेष प्राथमिकताका आधारमा बजेट विनियोज गरिएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताए ।

त्यसैगरी गाउँपालिकाले युवा तथा खेलकुद, सहकारी, पूर्वधार, लैससस, म्याचिङ्ग फण्ड, विपद व्यवस्थापन, प्राकृतिक श्रोत साधन सम्वन्धमा, मठमन्दिर व्यवस्थापन, सुकुम्बासी सम्वन्धमा आगामी वर्षका प्राथमिकतामा रहेको छन् ।

सडकमा ९० लाख, शिक्षामा १ करोड, कृषि र पशुपालनमा १ करोड, लक्षित वर्गमा ३० लाख, ३० लाख खरका छाना हटाउन कार्यक्रम रहेको छ । गाउँपालिकाले अगामी आवदेखि प्रतिलिटर दुधमा दुई रुपैया अनुदान प्रदान रहेको छ ।

तपाईको प्रतिक्रिया