पाल्पा । आफुले श्रीमानलाई बच्चा पाएको देखाउन शिशु चोरी गरेको तथ्य बाहिर आएको छ । स्याङजा जिल्ला गल्याङ–५,मोहनडाडाकी ३६ वर्षीय विमकला पाण्डेका श्रीमान विदेशमा रहेका छन् । आठ महिना अघि विदेश गएका श्रीमानलाई पाण्डेले आफु गर्भवती रहेको भनी नाटक गरेको प्रहरी बयानमा बताइन । दुई छोरा र दुई छोरीकी आमा हुन ।
पाण्डेको पहिलो श्रीमानको मृत्यु भइसकेको छ । पहिला श्रमिानको मृत्युपछि नेपालगञ्जमा दोस्रो विवाह भएको हो । विदेशमा रहेका श्रीमान नरहेका बेला आफुले बच्चा पाएर बस्ने नियति महिलाको हो, जसको मुख्य कारण श्रीमानले आफुलाई सम्वन्ध विच्छेद नगरोस भन्ने आशय रहेको प्रहरीको बयानमा महिलाले बताइन ।
पाल्पाको लुम्विनी मेडिकल कलेजबाट शुक्रबार दिउँसो नवजात शिशु चोरिएको थियो । तानसेन नगरपालिका–९ डाडाडुमकी २२ वर्षीय जमुना रानाको नवजात शिशु चोरिएको हो । राना र उनका श्रीमान शारीरिक रुपमा कमजोर छन् । कमजोरको फाइदा छोपेर महिलाले शिशु चोरे स्याङजा जिल्लाको कालीगण्डकी गाउपालिका–७, मिर्मीस्थित विद्युत् प्राविधिकरणको आवास गृह लगेको हो । शिशु चोरी गर्ने विद्युत् प्राविधिकरणको ज्यालादारी कर्मचारी हो ।
आवास गृहमा कोही पनि सुत्केरी महिला छैन, सामाजिक सञ्जाल भर शिशु हराएको खबरले चर्चा पाएको थियो । त्यसपछि अनुसन्धानका लागि हामीलाई सजिलो भयो, पाल्पा र स्याङ्जा प्रहरीको सहकार्यमा जयपति प्रहरी चौकीले शुष्म रुपमा अध्ययन सुरु गरेपछि केही प्रमाण भेटिएको हो ।
पाल्पाका डिएपी कृष्णराज सापकोटाको नेतृत्वमा, चिकित्सक सहितको टोली मिर्मि लागेको पाल्पा प्रहरी प्रमुख दीपेन्द्र जीसीको भनाई छ । प्रहरी शिशु चोरी घटना सम्वन्धि पत्रकार सम्मेलन मार्फत घटनाको सार्वजनिक गरेको छ । महिलालाई प्राविधिकरण कार्यालयमा पाल्पा र स्याङ्जा जिल्लाको प्रहरीका सहयोगमा नियन्त्रणमा ल्याएको हो ।
३६ वर्षीय विमकला पाण्डेयलाई अपहरण तथा बन्दी बनाएको आरोपमा मुद्दा चलाएको छ । पाण्डेयले पाल्पाको लुम्विनी मेडिकल कलेजबाट शिशु चोरिएको आरोपमा मुद्दा छ । अपहरण तथा बन्दी बनाउनेलाई १० वर्षको कैदको व्यवस्था रहेको प्रहरीको भनाई छ ।
आफन्तमा खुसी
अस्पताल व्यवस्थापनाको कमजोरी कारण शिशु चोरी शुक्रबार चोरिएको थियो । चोरिएको शिशु प्रहरी र पत्रकारको पहलमा भेटिपछि आफन्त खुसी बनेका छन् । मिर्मीस्थित विद्युत् प्राविधिकरणको आवास गृहमा नक्कली आमासँग रात वित्यो । प्रहरीले शिशुलाई आमा जमुनालाई हस्तान्तरण गरेको छ ।
पिडितलाई रोजगार
कमजोरी पक्षलाई लुकाउन पीडितका आफन्तलाई अस्पतालले रोजगारी प्रदान गर्ने टुङ्गोमा पुगेको छ । नवजात शिशुका बाबुलाई अस्पतालले रोजगारी प्रदान गर्ने भएको हो । शिशुलाई आजीवन स्वास्थ्य उपचारमा निःशुल्क गर्ने घोषणा अस्पतालको छ । अस्पताल र पीडीत पक्ष बीच शुनिबार सम्झौता भइसकेको छ ।