तानसेन नगरपालिकाले एकल तथा विपन्न वर्गलाई बाख्रा, मेसिन वितरण

पाल्पा । तानसेन नगरपालिकाले एकल तथा विपन्न समुदायका नागरिकलाई सिलाई मेसिन, बाख्रा र हाते ट्रक्याटर वितरण गरेको छ ।

नगरपालिकाले एकल महिलाको आर्थिक स्थिति कमजोर हुदाँ सामाजिक हैसियत समेत कमजोर बन्दै गएपछि आर्थिक रुपमा सबल बनाउन खोजेको छ ।

नगर प्रमुख अशोक कुमार शाहीले अनुदानका हाते ट्रक्याटर १२ थान, ८० ओटा बाख्रा, तीन ओटा सिलाई मेसिन हस्तान्तरण गर्नुभएको हो । हाते ट्रक्याटर समुहमा प्रदान गरिएको छ । महिलाहरुलाई लक्षित वितरण गरिएको बाख्रा ४० जनालाई बीउ पुजीका रुपमा वितरण गरिएको तानसेन नगरपालिकाका प्रेस सल्लाकार गोविन्द भटटराईले बताए ।

तपाईको प्रतिक्रिया