माथागढीको दिव्य ज्योति मावि नमुना बन्यो, पाँच करोड अनुदान पाउने

पाल्पा । पाल्पाको माथागढी गाउपालिका–३, सराइस्थित श्री दिव्य ज्योति माध्यमिक बिद्यालयले पाच करोड अनुदान पाउने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत बिकास केन्द्रद्दारा नमुना विद्यालयको रुपमा छनौटमा परेपछि पाँच करोडमा अनुदान पाउन सफल भएको हो ।

नमुना विद्यालयहरुले भौतिक पूर्वाधार लगायतका क्षेत्रमा काम हुने गरी ५ करोड अनुदान प्रदान गर्ने व्यवस्था मन्त्रालयको छ । नमुना विद्यालयलाई बनाउन सहयोग गर्नुहुने सवै शुभचिन्तकप्रति धन्यवाद सहित आभार प्रकट गरेका छन् ।

सामाजिक सञ्जालको प्रयोग गरी विद्यालयका अध्यक्ष रेखीराम राना र प्रअ नारायण अधिकारीले विद्यालय सहयोग गर्नुहुने मानुभावप्रति धन्यवाद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया