मुख्यमन्त्री शंकर पोखरेलले अम्ल्यिाहानको पुल उद्घाटन

पाल्पा । प्रदेश नम्वर ५ मुख्यमन्त्री शंकर पोखरेलले पाल्पाको अम्ल्यिाहानस्थित पुलको उद्घाटन  गरेका छन् । तानसेन नगरपालिका र माथागढी गाउँपालिकाको सीमा क्षेत्रमा २०७५ साल असोज महिनामा पुलको शिलान्यास गरिएको पुल उद्घाटन गरिएको हो ।

रसुवा कन्टक्र्सन ६ करोड ४३ लाखमा नेपाल सरकारको लागनीमा २०७६ असार २३ गते पुल निर्माण कार्य पुरा गरी सम्झौता भएको थियो । मुख्यमन्त्री पोखरेले पुलको उद्घाटन गरेपछि यस क्षेत्रमा यातायातका साधन सञ्चालनमा सहज हुने छ ।

वर्षायाम पनि यातायातका साधन सहज रुपमा सञ्चालन हुने भएपछि यस क्षेत्रका स्थानीयबासिन्दा खुसी छन् । पुलको उद्द्दाटन कार्यक्रमा मुख्य मन्त्री पोखरेलको टोलीमा नेकपाका केन्द्रीय नेता तथा प्रतिनिधिसभा सांसद दल बहादुर राना, सोम प्रसाद पाण्डेय, प्रदेश मन्त्री बैजनाथ चौधरी, प्रदेश सांसद नारायण आचार्य, युवराज खनाल, रमा घर्ती लगायतका सहभागी छन् ।
जीप बगाउने अम्ल्यिाहान पुल बन्यो
जीप बगाउने अम्लिहानको तिनाउ खोलामा गाडी गुड्ने पक्की पुलको बनेको छ । आधुनिक पुल नबन्दा मानिसदेखि गाईभैसी लगायत यात्रा गर्दा अकालमा ज्यान गुमाउन बाध्य बनेका थिए । पानीको सतहदेखि करिब एक मिटरको उचाइमा रहेको पुल वर्षायाममा पुलमाथिबाट पानी बगेपछि आवतजावत समस्या हुदैँ आएको थियो । सदरमुकाम तानसेनभित्र रहेको अम्लिहानमा पुलमाथि पानी बगेपछि यातायातका साधन समेत गुड्न नसक्दा यात्रुलाई समस्या खेप्दै आएको थिए ।
चारको मृत्यु
पाल्पाको बाँसटारी–झडेवा सडक अन्तरगत तानसेन नगरपालिका–९, अम्लिहानको तिनाउ खोलामा विस २०७४ असार २४ गते खोलाले जीप सहित चार जना यात्रु बगाउँदा चार जनाले ज्यान गुमाउन बाध्य बनेका थिए ।वर्षायाममा खोलामा बाढी आउँदा स्कुले बालबालिका, खेतमा जोत्न लगेका हल गोरु, गाई भैसी, बालबालिका, जीप समेत बगाएको स्थानीयबासिन्दा सम्झना चाहदैनन् । खोलामा बाढी गाउँदा स्थानीयबासिन्दा खेती योग्य जमिन समेत बगाउदा किसानहरु चिन्तित छन् ।
पुल बनेपछि स्थानीय खुसी
पाल्पा जिल्लाको तानसेन नगरपालिका ६, ७, र ८ नम्वर वडा र पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिका स्थानीयबासिन्दाहरु यही पुल बन्न थालेपछि खुसी बनेका हुन । जिल्ला सदरमुकाम तानसेन आवतजावत यस भेगका स्थानीयबासिन्दा यही पुल प्रयोग गर्दै आएका छन् । बाँसटारी–झडेवा अन्तरगत अम्लिहानको पुल बनेपछि अकालमा ज्यान गुमाउन नपर्ने भएपछि यस भेगका मानिसहरु खुसी बनेका हुन ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer