यूवालाई स्वरोजगार बनाउन ५ लाखको ‘अफर लेटर’ हस्तान्तरण

पाल्पा । तानसेन नगरपालिकालको यूवा स्वरोजगार कार्यक्रम अन्तरगत नेपाल बैंक लिमिटेडको कर्जा प्रवाह गर्न थालेको छ ।

यूवाहरुलाई स्वरोजगार बनाउन तानसेन नगरपालिका जमानी रहेर सिफारिस गरेपछि नेपाल बैंक लिमिटेडको ऋणीलाई कर्जा गर्न थालेको हो । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही र नेपाल बैंक पाल्पाका प्रवन्धक सुरज घिमिरेले तानसेन नगरपालिका ८ का श्रवण कुमार लम्साललाई संयुक्त रुपमा ‘अफर लेटर’ हस्तान्तरण गरेको हो । ‘अफर लेटर’ प्राप्त भएपछि लम्सालले गाईपालनका लागि सस्तो ब्याजदरमा नेपाल बैंक पाल्पा शाखाबाट ५ लाख पाउने छन् ।

कार्यक्रममा तानसेन नगरपालिका प्रमुख शाहीले पहिलो सन्तानलाई परिवारले जतिमाया गर्छ, त्यति नै मात्रा पहिलो ऋणीले पनि त्यति नै माया पाउने बताउनुभयो । त्यसका कारण पहिलो ऋणीले सही सदुपयोग हुने गरी काम गर्न सल्लाह शाहीको छ । पहिलो सन्तानलाई गल्ती गरेमा सबैलाई असर पर्ने भन्दै नगर प्रमुख शाहीले पहिलो ऋणीले गल्ती गर्नु नहुने बताए ।

नेपाल बैंक पाल्पाका प्रवन्धक सुरज घिमिरेले तानसेन नगरपालिकाको यूवा स्वरोजगार कार्यक्रममा बैंकले कुनै सेवा शुल्क नलाग्ने बताए । स्वरोजगार कार्यक्रमका ऋणीले महिना महिना सावा व्याज सहित तीन वर्षसम्म किस्ता रहेको घिमिरेको भनाई छ । नियमित सावा ब्याज भूक्तानी गर्नेलाई तीन तीन महिनामा ब्याज फिर्ता गर्ने व्यवस्था छ ।

कार्यक्रममा पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जिवी पोखरेलले ऋणीहरुले उदाहरणीय काम गरेर देखाउन आग्रह गर्नुभयो । ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला कार्कीले तानसेन नगरपालिका र नेपाल बैंकको सहकार्यमा सञ्चालित यूवा स्वरोजगार कार्यक्रमले यूवालाई स्वरोजगार बनाउने बताए । तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मी पाठकको स्वागत र शाखा प्रमुख भरत आचार्य सञ्चालनमा कर्जा प्रवाह गरिएको थियो ।

तपाईको प्रतिक्रिया